एमालेलाई कसैको बैसाखी टेक्नुपर्दैन, हामी एक्लै लड्न सक्छौः ओली

काठमाण्डु टुडे २०७८ चैत १ गते १४:०० मा प्रकाशित

काठमाण्डु, १ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी स्थानीय निर्वाचनमा कसैको बैसाखी टेक्नु नपर्ने बताएका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे । ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us