काठमाण्डु, १ चैत– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।