काठमाण्डु, २७ फागुन– आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेरविरुद्ध महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसुची रहेको छ ।
देवप्रसाद गुरुङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरुको समर्थन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको थियो । बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।