२० लाखभन्दा बढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा

काठमाण्डु टुडे २०७८ फागुन २५ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, २५ फागुन– २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाखभन्दा बढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् ।

राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण दुई लाख ११ हजार ३१२ मानिसहरु देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

रुसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेषगरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरु र राष्ट्रसंघले अनुमान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us