काठमाण्डु, २३ फागुन– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा गगनले दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मुल दोषी एमाले भएको उल्लेख गरेका छन् ।
उनले भने– ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ । आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’
थापाले भने– ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं ।’