काठमाण्डु, १९ फागुन– नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा जाने भएको छ ।
माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, उक्त बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो ।
केन्द्रीय समितिको बैठकमा जाने र आफ्ना कुरा राख्ने सल्लाह भएको नेता गिरिराजमणि पोखरेलले बताए ।