सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न एमालेलाई गर्यो आग्रह

काठमाण्डु टुडे २०७८ फागुन १९ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ ।

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विद्येयक रोकिएको विषयमा छलफल भएको थियो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्– प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us