काठमाण्डु, १२ फागुन– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु तत्काल गठबन्धन तोड्न नहुने पक्षमा रहेको बताए। विशेष परिस्थितिमा गठबन्धन बनाएको बताउँदै यादवले पुनः तत्काल गठबन्धन तोडेर जान नहुने बताएका हुन् ।
‘हामीले विशेष परिस्थितिमा गठबन्धन बनायौं। तत्काल गठबन्धन तोड्नु पर्छ भन्ने छैन। एमसीसीको पक्षमा उभिने कि विपक्षमा उभिने भोलि बस्ने कार्यकारिणी समिति बैठकले जे निर्णय गर्छ त्यहीँ गछौ’ यादवले भने, ‘हामी तत्काल गठबन्धन तोड्ने र सरकारबाट निस्कने भन्ने छैन। यथास्थितिमै गठबन्धनमा रहनु पर्छ भन्ने छ।’ एमसीसीका विषयमा छलफल गर्न जसपाले शुक्रबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।