प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, अर्को बैठक ८ गते

काठमाण्डु टुडे २०७८ फागुन ६ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध सुरु गरेको छ।

एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत अनुपस्थित हुने गरेको छ।

नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us