कांग्रेस नेता महत हायात होटलबाट पक्राउ

काठमाण्डु टुडे २०७८ फागुन ३ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, ३ फागुन–  ललितपुरका कांग्रेस नेता नवराज महत युरेनियम कारोबारको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हिजो साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको हो ।आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा उनीहरू संलग्न रहेको प्रहरी स्रोतको दाबी छ ।

स्रोतकाअनुसार प्रहरीले नै स्टिङ अपरेसन गरेर उक्त गिरोहसँग खरिदको डिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us