धरानमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

काठमाण्डु टुडे २०७८ माघ १५ गते ११:२५ मा प्रकाशित

सुनसरी १५ माघ– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

१४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएको उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाइ छ । कोरोनाविरुद्धको खोप लगाएका उनमा डाइबिटिजको रोग पनि रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us