कस्ताे छ आजकाे माैसम ?

काठमाण्डु टुडे २०७८ माघ १५ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, १५ माघ– हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेकाे छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us