गोरखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०७८ माघ १२ गते २०:३१ मा प्रकाशित

काठमाण्डु, १२ माघ– गोरखाको मनकामना केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ ।

अपराह्न ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलब १ रेक्टरको भ”कम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखासहित, आसपासका धादिङ, चितवन तथा लमजुङलगायत जिल्लमा समेत महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us