जो गोलाप्रथाबाट राष्ट्रियसभा सदस्य बने…

काठमाण्डु टुडे २०७८ माघ १२ गते २०:१६ मा प्रकाशित

काठमाण्डु, १२ माघ– प्रदेश–१ बाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालले बराबर मतभार प्राप्त गरे ।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मत प्राप्त गरेपछि गोलाप्रथाको माध्यमबाट विजयी छानिएको छ । गोलाप्रथाबाट बस्नेत राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । रिक्त कूल १९ मध्ये प्रदेश–१ मा तीन स्थानका लागि निर्वाचन भएको थियो ।

जसमध्ये सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको मतभार बढी भए पनि गठबन्धनभित्रैबाट अन्तर्घात भएपछि शेर्पा निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।

सत्ता गठबन्धनका उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत पाए । सत्ता गठबन्धनसँग ४ हजार ६ सय ६८, एमालेसँग ४ हजार ५ सय २४ र राप्रपासँग १ सय २० मतभार थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us