प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०७८ माघ १० गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १० माघ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।

राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएकाले महत्त्वपूर्ण राजनीतिक र संवैधानिक निर्णय नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us