आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित

काठमाण्डु टुडे २०७८ माघ ६ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ६ माघ– सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us