पार्टीका सबै विषय कमिटीभित्रै छलफल गरेर जानु उचित हुन्छः यादव

काठमाण्डु टुडे २०७८ माघ ६ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ६ माघ– जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा देखिएका समस्याका विषयमा बैठक बोलाएर छलफल गर्ने बताएका छन्।

आफूहरु पार्टीलाई एकतावद्ध बनाएर सबैलाई समेट्ने प्रयास गरेको बताउँदै यादवले कसले के गर्न खोजेको हो भन्ने वारेमा थाहा नभएको प्रतिक्रिया दिए। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईप्रति लक्षित गर्दै यादवले पार्टीमा के गर्न खोजिएको भन्ने वारेमा आफू अनविज्ञ भएको प्रतिक्रिया दिए।

‘पार्टीमा कतिपय साथीहरुले कमिटी बाहिर मिडिया र सामाजिक सञ्जालमा असन्तुष्टीहरु पोखिरहनु भएको छ’ यादवले भने, ‘पार्टीमा कतै समस्या मैले देखेको छैन। तर साथीहरुले समस्या भयो भनेर बोलिरहनु भएको छ। यदि त्यस्तो हो भने पार्टी कमिटीमा छलफल गर्छौ।’ पार्टीका विषयमा बाहिर मिडियामा प्रचार गर्नु ठिक नभएको बताउँदै यादवले आफूले कमिटी बैठकमै छलफल गर्ने बताए।

‘पार्टीका विषयमा बाहिर मिडियामा बोल्नु उचित हुँदैन। बाहिर बोलेर पनि समस्या हुने कुरा होइन’ यादवले भने, ‘पार्टीका राम्रा÷नराम्रा सबै विषय कमिटीभित्रै छलफल गरेर जानु उचित हुन्छ।’

पार्टीका बाबुराम र अशोकपक्षले यादव सामुहिक नेतृत्वको अभ्यासमा नगएको आरोप लगाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us