रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति

काठमाण्डु टुडे २०७८ माघ ५ गते १०:०८ मा प्रकाशित

काठमाण्डु, ५ माघ– विश्वकै सबैभन्दा जेठा पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना उनले आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा थिए ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।​

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us