मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल

काठमाण्डु टुडे २०७८ माघ ४ गते १७:३६ मा प्रकाशित

मुगु, ४ माघ – नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us