पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने सरकारको तयारी

काठमाण्डु टुडे २०७८ माघ ४ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, ४ माघ–  सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ ।

हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us