कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुने, अब के– के गर्न पाइँदैन?

काठमाण्डु टुडे २०७८ माघ ४ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ४ माघ– कोभिड– १९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । ती आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय तीनै सीडीओले गरेका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने साथै माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।आज जारी गरेको आदेश–

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us