कर्णालीका मुख्यमन्त्री भन्छन्– गठबन्धनमा अलिकति कुरा मिलिरहेको छैन

काठमाण्डु टुडे २०७८ माघ ३ गते १७:३८ मा प्रकाशित

सुर्खेत, ३ माघ– कर्णाली प्रदेशको मन्त्रिपरिषदले लामो समयदेखि पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन गठबन्धनमा अलिकति कुरा नमिलेको बताउँछन् । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनमा अलिकति समस्या भएको बताए ।

पत्रकारहरुसँग उनले भने, ‘मन्त्री नभएर कुनै पनि मन्त्रालयको काम रोकिएकोचाहिँ छैन, त्यही भएर मैले सचिवज्यूहरुलाई समेत यहीँ बोलाएको छु । नपत्याए सोध्नुहोस् ।’

मुख्यमन्त्री शाहीले सरकारलाई पूर्ण बनाउन नसक्नुको कारण नै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र भएकोजस्तो तर्क दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us