उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जना कोरोना संक्रमित

काठमाण्डु टुडे २०७८ माघ ३ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ३ माघ– उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ ।रजिष्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको बताए ।

सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us