चिया कारखानामा आगलागी

काठमाण्डु टुडे २०७८ माघ २ गते १७:४१ मा प्रकाशित

इलाम, २ माघ– इलामको सूर्योदय नगरपालिका–४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ ।

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयत्न भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us