थप ४९६१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ माघ २ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, २ माघ– गत २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

सोही अवधिमा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us