सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द

काठमाण्डु टुडे २०७८ माघ २ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, २ माघ– सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us