सात महिनापछि बस्यो सर्वदलीय बैठक

काठमाण्डु टुडे २०७८ माघ १ गते १७:१४ मा प्रकाशित

सुर्खेत, १ माघ– कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको छ । गत जेठमा बैठक बस्ने तयारी भएपनि नेमपा एमालेका चार जना सांसदहरुको विषयलाई लिएर विवाद सुरु भएपछि बैठक बस्न सकेको थिएन् ।प्रदेशसभा सचिव जीवरजा बुढाथोकीका अनुसार बैठकलाई अब नियमितता दिने र सदनमा आएका समस्यालाई मिलेर समाधान गर्दै अघि बढने निर्णय भएको बताए ।

तत्कालिन समयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको एमालेका चार जना सांसदहरुलाई कारवाहीको माग एमालेले राखेको थियो । जसका कारण बैठक बनै बस्न सकेको थिएन् । आज (शनिबार) बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेल, नेपाली काँग्रेसका नेता एवम मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्ट, राप्रपाका शोसिला शाहीलगायतको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us