विभिन्न पदका उम्मेदवारमानै कोरोना देखिएपछि रोकियो सिन्धुपाल्चोक एमाले अधिवेशन

काठमाण्डु टुडे २०७८ माघ १ गते १७:०८ मा प्रकाशित

सिन्धुपाल्चोक, १ माघ– नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थागित भएको छ । कोरोनाको जोखिम बढेपछि सिन्धुपाल्चोक एमालेको ९ औं अधिवेशन स्थगित भएको हो । निर्वाचन अधिकृत शशिनाथ आचार्यका अनुसार जिल्ला नेतृत्व चयनका लागि माघ २ गतेको कार्यक्रम स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरेको कारण पनि स्थगित भएको हो । नयाँ कार्यतालिका प्रकाशन भने भएको छैन । त्यसैगरी, विभिन्न पदका उम्मेदवार स्वयमं कोरोना संक्रमण भएका कारण पनि मिति संशोधन गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us