पाँच महिनापछि एकैदिन ५ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ पुष ३० गते १६:३६ मा प्रकाशित

काठमाण्डु, ३० पुस– मुलुकभर थप पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोहि अवधिमा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो। आज पाँच महिनापछि एकैदिन ५ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। सोहि अवधिमा संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। यसैगरी ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us