एमालेको नयाँ कीर्तिमान

काठमाण्डु टुडे २०७८ पुष ३० गते ७:३७ मा प्रकाशित

काठमाण्डु, ३० पुस– प्रतिनिधिसभा  अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ ।

२०५७ सालको आफ्नै कीर्तिमानलाई  एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७  दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

 

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा  अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३  दिन पुगिसकेको छ  ।

नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्  । विघटनपछि  पुनःस्र्थापित  प्रतिनिधि  सभाको नवौँ र १०औँ  अधिवेशनमा पनि एमालेको अवरोध जारी छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us