रेड कर्नर नोटिस जारी भएका फरार गोविन्द १७ वर्षपछि साउदीबाट पक्राउ

काठमाण्डु टुडे २०७८ पुष २९ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २९ पुस– इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार उदयपुर बेलका नगरपालिका–६ का ४० वर्षका गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ गरेपछि सम्बन्धित कसूरमा कारवाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बुधबार नेपाल ल्याएको हो । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति पाएर प्रहरीले उनीमाथि रेड कर्नर नोटिस जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us