राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्छाैंः महरा

काठमाण्डु टुडे २०७८ पुष ७ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ७ पुस– नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको सम्मेलनबाट मुख्य गरी दुई काम गर्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

उनले पुस ११ मा हुने महाधिवेशन नभएर राष्ट्रिय सम्मेलन भएको स्पष्ट पारेका हुन् । ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौंः क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण’, उनले भने ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। महराले सम्मेलनमा झन्डै १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए।

‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौं’ उनको भनाई ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us