काठमाण्डु, ७ पुस– आरआर क्याम्पसका शिक्षक कुटिएको विषय प्रतिनिधि सभामा उठेको छ। ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए।
नेमकिपाका सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका लगाउने गरी कुटिएको विषयमा शिक्षा मन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्। यद्यपि उनले क्याम्पस प्रमुख कुटिएको उल्लेख गरे पनि कुटाइ भने लेक्चरर पुडासैनीले खाएका हुन्।
विद्यार्थीले पानी पिउने जगले हिर्काउँदा शिक्षक पुडासैनी घाइते भएका थिए।