कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–  नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us