सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउने प्रयत्न भइरहेको छ : देउवा

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।

उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरेका छन् । उनले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us