थपिए २८० संक्रमित,दुईको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– मुलुकभर थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्। ३३६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us