संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २२ मंसिर–  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उप-प्रवक्ता फरहान हकले बताएका छन् । उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् ।

बिहीबार डिसेम्बर ९ मा पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन् ।बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us