९ वटा हत्यामा संलग्न गुलजार पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।

उनलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलबाट पक्राउ गरिएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘उनी लुकिछिपी बसेका रहेछन्’ काफ्लेले भने, ‘विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएका हौं ।’ गुलजारमाथि २०६४ देखि २०७१ सालसम्म सुनसरी र सप्तरीमा भएको ९ वटा हत्याका घटना संलग्न भएको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us