ओलीलाई थापाको प्रश्न– प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ ?

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्दैन भन्ने निश्कर्षमा पुगेको हो भनी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेको छ । सो टोलीमा रहेका वरिष्ठ अधिवक्ता थापाले आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका हुन् ।

‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले‍‘’ उनले भने, ‘हामीसँग त चियागफमा पनि भेट हुँदैन,’ उनले भने– ‘यही प्रधानन्यायधीशलाई देउता ईश्वरझैं मान भनेर सबै राजनीतिक दलले भने पनि हामी मान्नेवाला छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us