संस्थापन इतरको बैठक : साझा उम्मेदवार खोज्न रातभर छलफल गर्ने

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १७:४७ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि संस्थापन इतरका नेताहरु सभापतिको साझा उम्मेदवार खोज्न तल्लिन देखिएका छन् ।

आज (मंगलबार) पौडेल पक्षका नेताहरु साझा उम्मेदवार खोज्नका लागि बैठक बसेका थिए । यद्यपी आज पनि सो विषयमा कुनै निष्कर्ष निस्किएको छैन । कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले रातभर बसेर भएपनि सहमती खोज्ने प्रस्ताव गरेका छन् ।

बैठकमा उपस्थित एक नेताले सो विषयमा जानकारी दिँदै भने, ‘४ नेता रातभर बैठक बस्ने रामचन्द्रको प्रस्ताव । ठाउँ तय भएको छैन । चाक्सिबारीमा सहज भएन ।’ त्यस्तै भोलिसम्म टुंग्याउनका लागि भनिए पनि रामचन्द्र पौडेलले आज राती नै टुंगो लगाउने अडान राखेको ती नेताले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us