सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने प्रकाशमानको दाबी

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब आफूले पार्टी उम्मेदवार दिने दाबी गरेका छन् ।

काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन् ।

नेता सिंहले आफूले नेतृत्व पाए काँग्रेसलाई बलियो बनाउने सक्ने जिकिर पनि गरे । ‘म नेचुरल क्यान्डिेट हुँ, मै अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु’, उनले भने, ‘मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रिय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ, मैले प्राप्त गरेको जुन अनुभवहरु यो पार्टीलाई अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टीको रुपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

उनले आफू स्वाभाविक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us