भाइरल तस्बिरबारे शर्मा भन्छन्– त्यो पसल मेरो होइन, अन्यथा नलिन अनुरोध गर्दछु

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । त्यो तस्बिरमा उनी नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न राखिएको छ र शर्मा ग्राहक कुरेर बसेझै देखिन्छ। तर, तस्बिरको वास्तविकता भने फरक छ।

खासमा उक्त पसल जीवन शर्माको होइन। उक्त पसल मैतीदेवीस्थित एक महिलाको हो। ती महिलाले सडकछेउमा पसल राखेकी थिइन्। दुई महिनाअघि सडकमा हिँड्दै गर्दा जीवन शर्मा त्यही पसलनजिक पुगे।

उनले रमाइलो मान्दै केहीबेर पसलअगाडि बसेका थिए। त्यतिवेला कसैले उनको तस्बिर खिचेको थियो। सो तस्बिर अहिले भाइरल भएको हो। उनले काठमाण्डु टुडेसँग भने, ‘खासमा त्यो पसल मेरो होइन, एकजना बहिनीले मैतीदेवीमा राख्नुभएको पसल हो, हिँड्दै जाँदा यसो रहर गर्दै म पसलमा बसेको थिएँ, त्यतिवेला सडकमा उभिएकाहरूले फोटो खिच्नुभएको थियो, अहिले भाइरल भएछ, अन्यथा नलिन अनुरोध गर्दछु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us