भारतमा बढ्न थाले ओमिक्रोनका संक्रमित, एकैदिन १७ जनामा संक्रमण

काठमाण्डु टुडे २०७८ मंसिर २० गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– भारतमा एकैदिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us