काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १०:३५ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिने घोषणा गरेका छन् । सोमबार एक कार्यक्रममा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us