थप २०५ जनामा संक्रमण पुष्टि, ४३६ संक्रमणमुक्त

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– देशभर थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।

सोहि अवधिमा थप ४३६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । नेपालमा संक्रमणदर निको हुने ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४१ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us