विवाह पञ्चमी महोत्सवमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १७:३० मा प्रकाशित

जनकपुरधाम, १९ मंसिर– प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us