गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १५:४६ मा प्रकाशित

कास्की, १९ मंसिर– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन ।

गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।

सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एकल उमेदवारका रुपमा केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई उभ्याएर चुनाव प्रचार थालिसक्दा पनि पौडेल पक्षले उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us