काँग्रेस अधिवेशन– महोत्तरी ३ को निर्वाचन बदर, प्रमाणपत्र रद्द

३ को निर्वाचन बदर, प्रमाणपत्र रद्द

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १४:५० मा प्रकाशित

महोत्तरी, १९ मंसिर– नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको छ। क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई अवैधानिक तरिकाले प्रमाणपत्र वितरण गरिएको भन्दै समितिले वितरण भएका प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका मतदान अधिकृत धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरी जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका थिए।

प्रक्रिया नै पूरा नगरी मतदान अधिकृतलाई बन्धक बनाइ जबरजस्ती प्रमाणपत्र बाँडिएको भन्दै क्षेत्र नम्बर ३ का अधिकांश काँग्रेस कार्यकर्ताले अधिवेशन नमान्ने बताएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us