काँग्रेस अधिवेशनः सुदूरपश्चिममा बिरबहादुर बलायर नेतृत्वको टिम विजयी

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायर विजयी भएका छन् । यसैगरी उपसभापतिमा सोही प्यानलका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।

बलायर नेतृत्वको प्यानल विजयी भएसँगै उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us