राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन्।

महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट महिला महामन्त्रीको कोटामा प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री बनेकी हुन्।

महाधिवेशनबाट राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बनेका छन् भने दुई जना खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी बनेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us